बैसाख २४, २०८३ बिहिबार May 7, 2026

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प महसुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ वैशाखः धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले राससलाई बताउनुभयो । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया