असार २६, २०८२ बिहिबार July 10, 2025

शनिबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शनिबार नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको संक्रमित मध्य यो नै हालसम्मकै धेरै संख्या हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेरशवर गौतमले  शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। यस अवधिमा मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया