असार २२, २०८२ आइतबार July 6, 2025

‘नयाँ शहर बनाउने अवसर गुमायौं’ – देबेन्द्रराज कँडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब ५ नम्बर प्रदेशको कुरा गर्दाखेरि राजधानी, नाम तोकियो, त्यसमा तपाँईहरूको विमत्ति छ कि छैन ?

ढिलो भए पनि नाम तोकियो, नामको पनि हामी स्वागत गर्न चाहन्छौँ । नामको विषयमा जुन एउटा विवाद आईरहेको छ, त्यतापट्टि दुःखद पक्ष पनि हो । प्रदेशको राजधानी तोक्ने विषयमा मेरो सुरुदेखि नै फरक मत थियो । मैले सदनमा र हरेक ठाउँमा आफ्नो अभिव्यक्तिको क्रममा हामीले एउटा अवसर गुमायौँ । सातओटै प्रदेशमा जुन एउटा राजधानी बनाउने कुरा थियो, त्यहाँको भौगिलिक, जनसंख्यालाई आधार बनाएर र कृषियोग्य भूभाग, प्राकृतिक वातारणको स्वच्छता हुनेगरि मध्यभागलाई आधार बनाएर कम्तीमा पनि सय वर्षको दीर्घकालीन सोचसहित जुन हामीले बारम्बार स्मार्ट सिटीका कुरा गरिरहेका छौँ, स्मार्ट सिटी सुविधासम्पन्न प्रदेशको राजधानी यदि हामीले बनाउन सकेको भएदेखि सातओटा नयाँ शहर हामी नेपालीले पाउँथ्यौँ तर हाम्रा राजनीतिक व्यक्तित्वहरूको नेतृत्व छ, उनीहरूको कुदृष्टिले गर्दाखेरि सातओटा सिटी हामीले गुमायौँ । त्यसकारण यसको नैतिक जिम्मेवारी सम्पूर्ण राजनीतिक दलका नेताहरूले लिनुपर्छ र आज आएर जुन किसिमको राजधानीको विवाद भईरहेको छ, त्यो एउटा दुःखद पक्ष हो ।

किन दुःखद पक्ष हो ? नेपाली कांग्रेसको चाहना के थियो ? बुटवल थियो ? आज कांग्रेसले किन विरोध गरिरहेको छ ?

जब हामीले सुरुमा नै संघीयता प्राप्त गर्यौ, जब आन्दोलनमा होमिएका थियौँ, कुनै दलका नेताहरूले कसैलाई जातिय हिसाबले राजधानीय चाहियो, हरेक ठाउँमा जुन ठाउँमा जातिय बाहुल्य छ, त्यह बहुलका आधारमा जुन राजधानी बोल्दै गए र विना सोच व्यक्तिगत राजनीतिक स्वार्थका लागि कसरी हामी त्यहाँबाट जित्न सक्छौँ ? कुन नारा दिएर हामी चुनाव जित्न सक्छौँ ? भनेर जुन नारा प्रदर्शन भयो, राजधानीको नाममा, त्यो सुरुवातको जग नै हामीले गलत बसाल्यौँ । जसले गर्दाखेरि आज हरेक ठाउँमा टायर जलाउने, जुलुस गर्ने, एकातिर एउटा प्रदेशको राजधानी घोषाणा गरेपछि अर्को भूभागको जनताले विरोध गर्ने, एक-अर्कामा नै द्वेषको भावना स्थापना ग¥यो, त्यो नैतिक जिम्मेवारी हाम्रा नेताहरूले सबैले लिनैपर्छ ।

शेरबहादुर देउवाको नेतृत्वको सरकारले लुम्बिनी नाम राख्न सकेन, त्यतिखेर । तपाईँहरुपनि चुक्नुभयो नि ?

त्योबेला के थियो भने अस्थायी रूपमा राजधानी चयन गरियो, शेरबहादुरजीको समयमा । अस्थायी राजधानी चयन गरिसकेपछि अब त्यहाँ प्रदेशको जुन सरकार छ, प्रदेशका जुन जनप्रतिनिधिहरू छन्, उनीहरूले नै तय गरुन् भन्ने सोचसहित गरिएको हो । मलाई लाग्छ, भौगोलिक बनावट जुन मैले अघि भनेँ, मैले आफ्नै परासीमा राजधानी होस् भनेर यदि मैले कल्पना गर्छु भने त्यो दुर्भाग्य हो । हामीले जति पनि यो प्रदेशअन्तर्गत जुन जिल्लाहरू छन्, पहाडी भूभागमा रहेका जिल्लाहरू होस् या पश्चिममा हाम्रो जुन सिमाना, त्यहाँसम्मका जुन जिल्लाहर छन्, यी सम्पूर्ण जिल्लाहरूलाई एउटा केन्द्र बनाएर र त्यो ठाउँँ जहाँ कुनै ठुलो शहर नहोस्, शहरले गर्दाखेरि त्यहाँ अनेक विकृति र समस्याहरू उत्पन्न नहोस्, त्यसले गर्दाखेरि मैले भनेँ, जहाँ कृषियोग्य भूमि नष्ट नहोस्, जंगल नष्ट नहोस्, त्यो क्षेत्रलाई कायम गरेर बीचको भूभागलाई यदि हामीले आत्मसात गरेर हरेक राजनीतिक दलले विना कुनै स्वार्थ हरेक सातैओटा प्रदेशमा पहिले त्यो कुरा टुंगो लगाईदियो भनेदेखि आज यो मुलुकमा प्रदेशको राजधानीको नाममा आगो बल्दैन थियो ।

लुम्बिनी नाम राख्दाखेरि कसैको पनि विमत्ति छैन होइन, त्यसमा त सर्वसम्मत्ति छ नि । कि के कसो ?

यो त एउटा ऐतिहाँसिक र गौतम बुद्धसँग सम्बन्धित भएको हुनाले र यो गौतम बुद्धको भूमि भएको हुनाले लुम्बिनीमा मलाई लाग्छ कुनैपनि दललाई आपत्ति छैन ।

दाङको देउखुरी राखियो राजधानी, त्यसमा तपाईँको कुनै विपत्ति छ ?

मैले भनेँ नि, दाङको देउखुरीमा भालुवाङको क्षेत्रलाई लिएर जुन राजधानी तोकिएको छ, मैले विमत र सहमत भनेको छैन ।

पार्टीको विमत्ति छ कि छैन ? दाङमा खुशियाली छ, बुटवलमा विरोध भईरहेको छ । के कारणले ?

मेरो व्यक्तिगत सातैओटा राजधानीको सन्दर्भमा विमत सुरुदेखि मैले राख्दै आएँ । सबैलाई सहज ढंगले राजधानीमा आफ्नो पकड र पहुँच हुनेगरी बनाउनुपर्ने थियो र यो विना स्वार्थ हामीले राजधानी तय गर्नुपर्ने तर हाम्रा नेताहरू दोषी छन्, हामी आज आगो बाल्न, टायर बाल्नको लागि बाध्य रहेका छन् । त्यसले गर्दाखेरि अहिलेको यो सरकार चाहे दुईतिहाईको दममा झन्डै दुईतिहाईको नजिक पुगेको सरकारले ल्याउनुपर्ने जुन कुराहरू थियो, त्यो ल्याउन नसक्दाखेरि आज जहाँ जहाँ स्थानीय तह, अस्थायी राजधानी बुटवललाई चयन गरिएको थियो, आज त्यहाँ आन्दोलित भएका छन् । यो कुरा पहिलेदेखि सहमति भईदिएको भएदेखि भौगोलिक स्थितिमा यदि हामीले चयन गर्ने भएको भएदेखि सायद यो स्थिति आउँदैन थियो । त्यसकारण मैले भनेँ, यो प्रदेशको राजधानी मात्र होइन, सातैओटा प्रदेशका राजधानीहरू हामीले गलत ठाउँमा चयन गरेका छौँ । त्यो गलतको नतिजा आज हामीले भोग्दैछौँ ।

त्यसो भए सात वटै प्रदेशको राजधानी गलत भयो ?

पर्यटकीय स्थलमा राजधानी खोलेर त्यो उचित हुन्न नि । अलग–अलग नयाँ ठाउँमा स्मार्ट सिटी, कहाँ छ स्मार्ट सिटी ? हामीले ठुलाठुला कुरा गर्यौँ नि या सरकार बनाउनुभन्दा अगाडि स्मार्ट शहर, स्मार्ट सिटी, नगरपालिका भनेर कुरा गर्यौ । खोई त स्मार्ट सिटी ? प्रदुषणको कारणले यो सारा अहिले तहसनहस भईरहेको अवस्था छ, अहिले महामारी छ, हामीले अहिले त सातओटा शहर गुमायौँ । सबैभन्दा दुर्भाग्य भनेको हाम्रो नेताहरूले गर्दाखेरि यो स्थिति ! न्युयोर्क सिटी, आजभन्दा सयवर्ष अगाडिको त्यो प्लानिङसहित बनाएको न्युयोर्क सिटी, अहिले पनि त्यहाँ सफल छ । हामीले खोई त, कुनै पनि एउटा उदाहरण दिन सक्यौँ ? हामी जहाँ मतदाता बढि छन्, जहाँ भोट बढि छ, जहाँ भीड बढि छ, त्यही ठाउँमा झन् राजधानी तय गर्दै झन् त्यहाँको वातावरणलाई दूषित गरिराखेका छौँ, वातावरण बिगारिराखेका छौँ । छिमेकी भारतमा, पहिलेको राजधानी पुरानो दिल्ली, नयाँ पनि भीड भएपछि नयाँ राजधानीको कन्सेप्टसहित बाहिर निकाले । अष्ट्रेलियामा, क्यानबेरामा अलग शहरमा बनाएनन्, क्यानबेरामा लगेर त्यहाँको राजधानी बनाए ।

प्रदेशको नम्बर ५ को राजधानी देउखुरी राखिएकोमा खुशी भएका छन्, सबैलाई पायक पर्छ भनेर भनिरहँदाखेरि कांग्रेसको आपत्ति किन ?

होइन, कांग्रेसको आपत्ति होइन ।

कांग्रेसका नेताहरू त विरोध गरिरहेका छन् । जुलुस निकालिरहेका छन् । तपाईँले देख्नुभएको छैन् ?

एउटा समझदारीबाट बसेर छलफल गरेर राजधानी चयन गर्नुपर्ने हो । यो कुरा जनतामा जानुभन्दा सबैले स्वीकार्न सक्नेगरी त्यो भूभाग, क्षेत्रमा, म यो भन्दिनँ कि बुटवल बजारमा नै होस् तर हाम्रो जति पनि जिल्लाहरू छन्, ती जिल्लाहरूलाई पनि सहज हुनेगरी हाम्रा नेताहरू बसेर सुरुमा नै यदि राजधानीको बारेमा आफ्नो कन्सेप्ट स्पष्ट गरिदिएको भएदेखि सबैले लाभ लिन पाऊन्, हाम्रा नेताहरू यहाँ भोट बढि छ, यही एक ठाउँमा हुनुपर्छ भनेर दाङकाले दाङमा म यही राजधानी लिएर आउँछु, बुटवलकाले बुटवलमा नै राजधानी लिएर आउँछु भनेर कांग्रेस र कम्युनिष्टका नेताहरू कराउँदै गए हरेक ठाउँमा नारा लगाउँदै गए, के यो राम्रो प्रस्तुति हो ? यही कुरा नै हामीले गलत जग बसाल्यौँ । यही बेलामा सबै राजनीतिक दलहरू बसेर नयाँ सिटी, नयाँ शहर बनाउने उद्देश्यसहित नयाँ कन्सेप्ट स्मार्ट सिटी दिनेगरी नयाँ शहरसहितको यदि हामीले शहर बसालेको भएदेखि आज एउटा नयाँ ईतिहास रचिन्थ्यो, नेपालमा । सातओटा हामीले प्रदेशका राजधानी दिएर जुन किसिमको बनावट हुन्थ्यो, सायद त्यो एउटा नमूना हुन्थ्यो । आज खोई हाम्रा राजधानीहरूको अवस्था ? आज हामी जुन राजधानीहरू बनाउँदै गईरहेका छौँ, हामी औद्योगिक क्षेत्र हेटौँडामा राख्यौँ, नाम बागमती राखिदियौँ । पोखरामा राखिदियौँ ।

राजधानी त पायक पर्ने ठाउँमा राख्नुपर्छ नि । जनताले सेवा–सुविधा पाउनुप¥यो । संघीयता भनेको त्यही होइन र ?

हो, त्यही पायक के ? एउटा जिल्लाको जनतालाई मात्र हो पायक ? अरू जिल्लाका जनता ! जनता होइनन् ? के उनीहरूको राजधानी होइन ? जनता भनेको त सबै प्रदेशमा भौगोलिक बनावट र त्यहाँको जनसंख्याको आधारमा पायक पर्नेगरी मध्यभागमा सूचित गरिदिएर बनाईदिएको भएदेखि सुरुमा नै त्यो कन्सेप्ट ल्याईदिएको भएदेखि आज यो तेरामेरो हुँदैन थियो । हाम्रा क्रान्तिकारी नेताहरूले थारुवान दिन्छु, यो मगरात राज्य दिन्छु भनेर जातिको नाममा मधेसी राज्य दिन्छु, विभिन्न राज्य दिन्छु भनेर जाति–जातिको नाममा जुन बीउ रोपे, आज त्यही बीउको प्रतिफलको हामी संघर्षमा गईराखेका छौँ । त्यसको अहिले जुन किसिमको प्रतिकार भईराखेको छ, त्यो कहानी सुरुमा नै गलत नजिर बसालियो ।

त्यसो भए अब नेपाली कांग्रेसले विरोध गरिरहन्छ, ५ नम्बर प्रदेशको कुरा गर्दाखेरि ?

हाम्रा नेताहरूको कमिकमजोरीले गर्दाखेरि आज एकआपसमा एक जिल्लाले अर्को जिल्लाप्रति प्रतिशोध ! हामी आफैँ जिल्ला–जिल्लावासीहरू एक–अर्कासँग लडिराखेका छौँ । तेरो जिल्लामा हुन्न, मेरो जिल्लामा हुनुपर्छ, उसको जिल्लामा हुनुहुन्न, मेरो जिल्लामा राजधानी हुनुपर्छ, यो किन विभाजन गर्यो ? कसले विभाजन गर्यो, यो सुरुवात ? जसले यो सुरुवात ग¥यो, दोषी त त्यो दल हो । त्यसकारण कम्युनिष्ट पार्टीले जातिय, क्षेत्रीय हिसाबले जुन विभेद उत्पन्न गरे, आज त्यसैको प्रतिफल हो । आज लुम्बिनी प्रदेशमा जुन नामाकरण गरियो, आज त्यही राजधानीको विषयलाई लिएर हामी आपसमा लडिराखेका छौं । यो क्षति कसलाई हुने हो ? प्रदेशलाई ? नेपालीलाई ? प्रदेशबाट जति पनि सुविधा भोग्ने आज जति पनि सेवाग्राही छन्, आज हामी त्यो मारमा परिरहेका छौँ । त्यसकारण हाम्रा नेताहरूको दूरदृष्टि नभएको हुनाले उनीहरूको राजनीतिक नेतृत्व लिने जुन स्वार्थपूर्ण चाहना छ, त्यो स्वार्थले गर्दाखेरि आज हामीलाई लडाईएको छ ।

कांग्रेसले अहिलेको अवस्थामा जुन विरोध गरिरहेको छ, यो विरोध पार्टीको आधिकारीक निर्णय हो कि होइन ?

कांग्रेसको यो स्वभाविक हो नि । जब अहिले सरकारमा रहेको कम्युनिष्ट पार्टीका नेतृत्वहरूले यसलाई एउटा सहमतिका आधारमा र हिजोको समयमा जसरी राजनीतिक दलहरूले एउटा निकास निकाल्ने प्रयास गरे, यसमा जानुपथ्र्यो । तर, अहिले यो सरकार गएन । त्यसकारणले गर्दाखेरि विरोध भयो । त्योभन्दा अगाडि मैले भनेँ, सम्पूर्ण कुरामा आफ्नो स्वार्थ त्यागेर हाम्रा नेताहरू क्रान्तिकारी बोलीहरू नबोलिदिएको भए विगतमा, आज यो अवस्थामा आउँदैन थियो । प्रत्याभूति त सबैले अनुभव गर्नुपर्यो नि । हामीलाई पायक पर्यो भनेर सबैले भन्नुपर्यो नि । त्यहाँ स्मार्ट सिटी नयाँ राजधानी बन्दैछ, नयाँ नामाकरणसहितको नयाँ राजधानी पाईराखेका छौँ, एउटा नयाँ शहर छ, विदेशीहरू आउँदाखेरि पनि नेपालमा सातओटा नयाँ शहरहरू थपिन्थे । अहिले हामीसँग कतिओटा शहरहरू छन् ? चाहे काठमाडौँका केही उपत्यकाका बाहेक बाहिर हाम्रा कति शहरहरू पाएका छौँ ? त्यसले गर्दाखेरि नयाँ शहर बनाउने अवसर त गुमायौँ नि हामीले । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार