असार २६, २०८२ बिहिबार July 10, 2025

सचिवालयका सदस्यहरुमा कोरोना पुष्टीपछी प्रधानमन्त्री ओली आइशोलेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका चार सदस्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई शनिबार कोरोना सङ्क्रमण सङक्रमण पुष्टी भएको थियो ।

उनीहरुको निकट सम्पर्क र सम्बन्धमा रहँदै आउनु भएका प्रधानमन्त्री ओलीको पुनः स्वाब संकलन गर्ने तयारी भएको सचिवालयले जनाएको छ । बिहिबार गरिएको परिक्षणमा भने प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको थियो ।

ओलीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री निवासमा कसरी सङ्क्रमण फैलियो भन्ने बारेमा हालसम्म पत्ता लाग्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया