असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा थप ९ जनाको कोराना संक्रमणबाट मृत्यु, मृतकको संख्या ५६३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ४ महिला र ५ पुरुष गरि थप नौ जनाको मृत्यु भएको बताएका हुन् ।

मंगलबार मृत्यु हुनेमा काठमाडौंमा ५९, ६० वर्षीय महिला, ललितपुरमा ६७ र नवलपरासीपूर्वमा ७७ वर्षीय महिला रहेका छन् ।

त्यस्तै तेह्रथुमा ३१, सुनसरीमा ६४ ललितपुरमा ६१ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया