असार २६, २०८२ बिहिबार July 10, 2025

बुधबार एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार २०९ जनामा पीसीआर परिक्षण गर्दा ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार १ सय २६ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ६८ हजार ६६८ पुगेको छ । आज देशभर ४,१६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया