श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रभु डिजिटल प्रालि अबदेखि पब्लिक कम्पनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट तथा डिजिटल टेलिभिजन प्रदायक प्रभु डिजिटल प्रालि पब्लिक कम्पनीमा रूपान्तरण भएकाे छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै प्रभु डिजिटललाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ । टेलिभिजन, आईपीटीभी र ओटीटी सेवा सञ्चालन गरिरहेकाे कम्पनीले विभिन्न ठाउँमा इन्टरनेट सेवा पनि सँगै विस्तार गरिरहेकाे छ ।

प्रभु ग्रूप अन्तर्गतको कम्पनीकाे रूपमा यसले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम पनि संशोधन गरिसकेको छ । याेसँगै अब कम्पनीलाई सर्वसाधारणका लागि सार्वजनिक शेयर निष्कासन गर्ने बाटो खुल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया