असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा थप ४ हजार ३ सय ६४ जनामा काेराेना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं: बिहीबार देशभर थप ४ हजार ३ सय ६४ काेराेना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३ सय ६४ जनामा संक्रमण पुष्टी भएकाे हाे ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ७५  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेकाे संख्या  ७१ हजार ३ सय ४३ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार ७ सय १७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्‍वारेन्टिनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया