असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारी वार्ता टोली र अनशनरत डा. केसीका प्रतिनिधिबीच आज निर्णायक वार्ता हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज फेरी वार्ता हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार भएको वार्ता सकारात्मक भएपनि टुंगोमा पुगन नसकेपछि आज पुनः छलफल हुन लागेको हो ।

बिहीबार अवेरसम्म भएको वार्तामा डा केसी पक्षले आइओएमको डीनलाई बर्खास्त गर्नुपर्ने माग राखेपछि ठोस सहमति जुट्न नसकेको हो । आजको वार्तामा यस विषयमा थप छलफल गरी निष्कर्षमा पुग्ने तयारी भएको छ ।

यसअघि हिजोको वार्तामा डा.केसीका मागलाई निष्कर्षमा पु¥याउनगरि प्रारम्भिक सहमतिको ड्राफ्ट बनाइएको र दुवै पक्ष आन्तरिक छलफलमा जुटेको बताइएको छ । सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो ।

सरकारी वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहेका छन् ।

त्यस्तै डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् । जुम्लाबाट थालिएको डा. केसीको १९औ अनसन महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज २६ औं दिन पनि जारी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया