असार १९, २०८३ शुक्रबार July 3, 2026

पूर्वसांसद कोइरी पक्राउ

गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ कोइरीलाइ फैशला कार्यान्वयनको लागी जेल चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, १९ असारः नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गर्नुभयो ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो । कोइरी यसपालि पराजित हुनुभयो ।

नेकपा (एमाले)को मधेस प्रदेश कमिटी सदस्य रहनुभएका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ । सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो । जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उहाँलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
२०८३ असार १९, शुक्रबार
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
२०८३ असार १९, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १९, शुक्रबार
११ जिल्लामा बर्डफ्लु नियन्त्रण अभियान, संक्रमित पन्छी बिक्रीमा कडा निगरानी
२०८३ असार १९, शुक्रबार
विश्वकप : क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा
२०८३ असार १९, शुक्रबार
कांग्रेस विवाद: संस्थापनले नकुर्ने इतरले नटेर्ने
२०८३ असार १९, शुक्रबार
बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी
२०८३ असार १९, शुक्रबार