असार २६, २०८२ बिहिबार July 10, 2025

शुक्रबार २ हजार ५९ जना नयाँ संक्रमित थपिए- १ हजार ६ सय ८०  जना संक्रमित डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गका क्रममा प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८०  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया