असार २६, २०८२ बिहिबार July 10, 2025

सरकार र अनशनरत डा. गोविन्द केसीबीच ८ बुँदे सहमति (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डा. गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पतालमा सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षबीच शनिवार मध्यरातमा ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको  हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. गोविन्द केसी बीच हस्ताक्षर भएको छ ।

उक्त सहमति भए पनि डा. गोविन्द केसीले भने भोली आइतबार बिहान ९:३० बजे त्रिवि शिक्षण अस्पतालबाट अनसन तोड्ने भएका छन् ।

सहमतिमा ८ बुँदा भए पनि मुख्य बुँदा भने डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने उल्लेख छ।

यसअघि दुवै पक्षबाट वार्ताका लागि गठित दुवै टोलीबीच सहमति ननिस्किएपछि डा. गोविन्द केसीको जीवन रक्षाका लागी सरकारमाथि चौतर्फी दबाब बढाउन भन्दै चिकित्सक सम्बद्ध विभिन्न संगठनहरुले आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेका थिए ।

उनीहरुले आइतबारबाट आकस्मिक र कोभिड १९ को उपचारबाहेकको सम्पूर्ण सेवा ठप्प पार्न आव्हान गरिसकेका थिए । सरकारमाथि डाक्टर केसीको ज्यानै लिने नियत राखेको भन्दै उनको पक्षका वार्ता टोलीका सयोजक डाक्टर जीवन क्षेत्रीले प्रेस विज्ञप्ति निकालेर संघर्षका लागि आग्रह गरेका थिए ।

वार्ताका लागि सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डाक्टर गोविन्द केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री सहभागी थिए भने डाक्टर केसीका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा खटिएका थिए ।

यस्तो छ सहमतिको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया