असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोना महामारी बिरुद्धको लडाँईमा काठमाण्डौं पछि पर्योः मन्त्री ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाण्डौं महामारीविरुद्धको लडाँईमा पछि परेको बताएका हुन् ।

उनले राजनीतिक परिवर्तन, सामाजिक परिबर्तनहरुमा काठमाण्डौ जिल्लाले खेलेको भूमिका स्मरण गराउदै कता कता महामारी विरुद्धको लडाँईंमा काठमाडौं पछाडि परेको जस्तो देखिएको जानकारी दिए ।

कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीले बताए ।

चालिस लाख जनसंख्या भएको राजधानी काठमाण्डौंमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले कुनै पनि हालतमा धान्न नसक्ने समेत उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया