श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गुणस्तरीय सेवा नदिने मोबाइल र इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुणस्तरीय सेवा नदिने दूरसञ्चार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई बिगो तथा क्षतिपूर्ति दिनुपर्ने भएको छ । नयाँ दूरसञ्चार ऐनका लागि तयार पारिएको मस्यौदामा यस्तो व्यवस्था राखिएको हो ।

गत साता मात्र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत विधेयक मस्यौदा केही दिनअघि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेको छ । विधेयक मस्यौदाको दफा ३९ मा दूरसञ्चार सेवा सञ्चालन गर्दा सेवाप्रदायकले प्राधिकरणले निर्धारण गरेअनुसारको गुणस्तर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएको गुणस्तर कायम नगरेको कारणबाट ग्राहकलाई हानी नोक्सानी भएमा प्राधिकरणले त्यस्तो हानी नोक्सानीको बिगो वा सो बापतको क्षतिपूर्ति सेवा प्रदायकबाट भराइदिन सक्नेछ ।

विधेयक मस्यौदा कानून र अर्थ मन्त्रालयसँगको राय तथा परामर्श लिएर मन्त्रिपरिषदमा लैजाने तयारी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

मन्त्रिपरिषदबाट विधेयकको रुपमा स्वीकृत भइसकेपछि संसदको आगामी अधिवेशनबाट ऐनको रुपमा पारित गराउने योजनाका साथ हाल सरकारले प्राथमिकताका साथ दूरसञ्चार ऐनको मस्यौदालाई अगाडि बढाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया