श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

दोलखाको यलुङ-रि हिमालमा ५ शव देखिए

यलुङ– रि आधार शिविरमा देखेको शव हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनाको हुनसक्ने प्रहरीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ– रि हिमालमा ५ जनाको शव देखिएको स्थानीयले बताएका छन् । ती शवहरू गतबर्षको कार्तिक १७ गते यलुङ– रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएकाहरू को हुनसक्ने वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमा गेली शेर्पाले बताए ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले पनि यलुङ– रि हिमालको आधार शिविरमा ५ वटा शव देखिएको जानकारी आएको तर त्यसको आधिकारिक पुष्टि भने भई नसकेको बताए । ती शवहरू गत बर्ष हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेकाहरूको हुनसक्ने प्रहरी नायव उपरीक्षक लामाको भनाई छ ।

गत बर्ष यलुङ– रि हिमाल आरोहणका क्रममा सात जना हिमपहिरोमा परेर बेपत्ता भएको थिए । ती मध्य दुईजनाको शव त्यति बेलै भेटिएको भएपनि ५ जनाको शव भने नभेटिएको ड्रिम डेक्सटिनेसनका तर्फबाट खोजीमा सहभागी टिमले बताएको थियो । लगातारको हिमपातका कारण त्यतिबेला खोजिकार्य स्थगित गरिएको थियो ।

स्थानीयले ५ वटा शव देखिएको बताएपछि ड्रिम डेक्सटिनेसनले शव सङ्कलन र पहिचानको लागि शुक्रवार यलुङ– रि हिमाल क्षेत्रमा हेलिकप्टर पठाएको भएपनि खराब मौसमको कारण शव पहिचान र सङ्कलन सम्भव नभएको प्रहरीले जनाएको छ ।

ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले पनि गतबर्ष आरोहणको क्रममा हिमपहिरोमा परेका ५ जनाको खोजीको लागि हेलिकप्टर पठाइएको भएपनि खराब मौसमका कारण त्यो सम्भव नभएको बताए । स्थानीयले यलुङ– रि आधार शिविरमा शव देखिएको बताएको भएपनि त्यसको आधिकारिक पुष्टि नभएको फुर्वा तेन्जीले बताए ।

गत वर्षको कार्तिक ११ गते विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणको लागि रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । उनीहरू कार्तिक १७ गते हिमपहिरोमा परेका हुन् ।

हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार भएको थियो । हिमपहिरोमा परेका दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको त्यति बेलै शव भेटिएको थियो । ५ जना विदेशी नागरिकहरू फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासपोर्ट नम्बर 9DK92514), इटलीका पाउलो कोको (पासपोर्ट नम्बर YB6411963) र मार्कोस किरचिलर (पासपोर्ट नम्बर YB3843711), जर्मनका ज्याकोब इसरिवर (पासपोर्ट नम्बर CHIHX6HRZ) तथा क्यानेडियन मार्को डि मारसेलो (पासपोर्ट नम्बर P823193NG) हिमपहिरोमा पुरिएर बेपत्ता थिए ।

स्थानीयले यलुङ– रि आधार शिविरमा देखेको शव हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनाको हुनसक्ने प्रहरीको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार