श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

मध्यपुर थिमि नगरपालिकाको चार वर्षे प्रगति विवरण सार्वजनिक

कुनै पनि करमा वृद्धि नगरे पनि तीन गुणा राजस्व सङ्कलनमा वृद्धि गर्न सफल भएको नगर प्रमुखको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभएको छ ।

क्रियाशील पत्रकार मञ्चद्वारा आज आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा चार वर्षे प्रगति विवरण सार्वजनिक गर्दै नगरप्रमुख श्रेष्ठले सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जबाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो ।

नगरपालिकाले चार वर्षको अन्तरालमा आन्तरिक राजस्व सङ्कलनतर्फ ९३.३९ प्रतिशतले वृद्धि गरेको उहाँको भनाई छ ।

नगर प्रमुख  श्रेष्ठले कुनै पनि करमा वृद्धि नगरे पनि तीन गुणा राजस्व सङ्कलनमा वृद्धि गर्न सफल भएको बताउनुभयो ।

उहाँले नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको बताउँदै अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सङ्कलन भएको २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ अर्थात् १९.९३ प्रतिशतको तुलनामा गत असार मसान्तसम्म ९३.३९ प्रतिशतले वृद्धि गरेको बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २४ करोड १३ लाख ३८ हजार ७४८ अर्थात् ३०.७४ प्रतिशतले वृद्धि, आर्थिक वर्ष २०८०/८१ मा ३० करोड ०४ लाख ४४ हजार ५६५ अर्थात् २४.३९ प्रतिशत राजस्व सङ्कलन गरेको बताउनुभयो ।

आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाएको बताउँदै उहाँले वर्षौँदेखि कर नतिरी बसेका ठूला व्यवसायीहरुसंग कर सङ्कलन गर्न सफल भएको, करको दायरामा नआएका व्यवसायहरूलाई करको दायरामा ल्याएको, करको दायरा बिस्तार गर्दै करको नीतिमा सुधार ल्याउँदा फड्का मारेको उहाँले बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले संघीय सरकारले चालू आर्थिक वर्षमा पूर्वाधार विकास तर्फ जम्मा ५५ लाख रुपैयाँको बजेट मात्रै पठाएको बताउँदै नगरपालिकासँग ६२ करोड मौज्दात रहेको र आफ्नै आन्तरिक श्रोतबाट ३६ करोडको लागतमा नगरपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण सुरु भएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालू आ.ब.का लागि नगरपालिकाले २ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याइसकेको बताउँदै शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिने बताउनुभयो ।

नगरपालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा निकै ठूलो उपलब्धि हासिल गरेको बताउँदै जनप्रतिनिधिको अन्तिम कार्यकालको रुपमा रहेको यस वर्ष पनि जनताको चाहना र आवश्यकता अनुसार महत्वपूर्ण उपलब्धि आउने गरि काम गर्ने बताउनुभयो ।

कार्यक्रममा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनप्रतिनिधिले जनतासँग जोडेर लैजानु पर्ने बताउँदै सञ्चार माध्यमसँग स्थानीय तह एकाकार भएर जानु पर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार