श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

थप निष्कर्ष र कार्ययोजना तय गर्दै दीर्घकालिन समाधान गर्न आगामी सोमबार बृहत् छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), २२ साउनः वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको छ ।

सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेटका तार व्यवस्थापन गर्ने उद्देश्यले महानगरपािलले आज महानगरपालिका र सेवा प्रदायक कम्पनिहरु वल्र्ड लिङ्क, नेपाल टेलिकम, भाइनेट कम्युनिकेशन र डिशहोम फाइबर नेटलगायत कम्पनीका प्रतिनधिसँग वैठक बसेको छ ।

बैठकमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले इन्टरनेटका अव्यवस्थित तारका कारण पनि आगलागी र दुर्घटनाको जोखिमसमेत बढेको उल्लेख गर्दै नागरिकको सुरक्षाको निम्ति जतिसक्दो चाँडो व्यवस्थापन कार्य सुरु गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शहरका पोलमा जथाभावी तार झुण्डाएको छ, अव्यवस्थित तारका कारण एकातिर सहरको सौन्दर्यमा नकारात्मक असर परेको छ भने अर्कोतर्फ आगलागी र दुर्घटनाको जोखिम पनि उत्तिकै छ, नागरिकको सुरक्षाका निम्ति जतिसक्दो चाँडो अव्यवस्थित तार हटाउनुपर्छ ।”

अव्यवस्थित तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइएको र इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरेर त्यसको दीर्घकालीन समाधान खोजिने कार्यवाहक प्रमुख आलमले बताउनुभयो । बैठकले थप निष्कर्ष र कार्ययोजना तय गर्दै दीर्घकालिन समाधान गर्न आगामी सोमबार बृहत् छलफल गर्ने निर्णय गरेको छ । सो बैठकपछि सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरी प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिइने महानगरपालिकाका प्रमुख प्रशासनिय अधिकृत बसन्तबहादुर बोहराले जानकारी दिनुभयो । महानगरले पटक पटक तार व्यवस्थापनका लागि सम्वन्धित निकायलाई अनुरोध गर्दापनि कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो पटक २०८० वैशाख १४ गतेको बैठकले वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउने निर्णय गरे पनि त्यसले पूर्णता पाउन सकेको थिएन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार