असार ९, २०८३ मंगलबार June 23, 2026

नेपाल टेलिकमको अटम र फेस्टिवल अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ ।

कम्पनीले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा जोडेर एकैपटक दुइ अफर उपलव्ध गराउने भएको हो ।

अटम अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुने कम्पनीले नाएको छ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँ मा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने १ जिबी डाटाको एड अन प्याक खरिद गर्न सकिने जनाइएको छ । त्यस्तै, ४० रुपैयाँमा ३ दिनका लागि ७० मिनेट र १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने जनाइएको छ ।

कम्पनीले ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा १ सय एमबी प्राप्त गर्न सकिने जनाइएको छ । ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ५ सय एमबी र वान डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा १ सय २० एमबी र १५ रुपैयाँमा २ सय ५० एमबी डाटा उपलब्ध हुने जनाइएको छ ।

फेस्टिभल अफरः

फेस्टिभल अफरका रुपमा दशै÷तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम-सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउने जनाइएको छ । यसमा रिचार्ज कार्डबाट ५० वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

रिचार्जकार्डबाट १ सय वा एमपोसबाट ५१ देखि १ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २ सय वा एमपोसबाट १ सय १ देखि २ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट २ सय १ देखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी, रिचार्ज कार्डबाट ५ सय वा एमपोसबाट ५ सय देखि ९ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस र रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार रुपैयाँ वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग, देशव्यापी प्रतिरोध गर्ने निर्णय
२०८३ असार ९, मंगलबार
आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद
२०८३ असार ९, मंगलबार
अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्छ : सभापति थापा
२०८३ असार ९, मंगलबार
विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति
२०८३ असार ९, मंगलबार
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
२०८३ असार ९, मंगलबार
राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना
२०८३ असार ९, मंगलबार
फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन
२०८३ असार ९, मंगलबार