वैशाख १६, २०८१ आइतबार April 28, 2024

नवनियुक्त तीन मन्त्रीहरुले राष्ट्रपतिबाट पद तथा गोपनियतको सफथ लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियतको सफथ लिएका छन् । बिहीबार साँढे ११ बजे राष्ट्रपतिको कार्यालय शितलनिवासमा तीन मन्त्रीहरुले एक समारोहका बिच संयुक्त रुपमा राष्ट्रपति समक्ष पद तथा गोपनियताको सफथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिईन् ।

यसअघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ। उपप्रधानमन्त्री पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले राखेका छन्। पोखरेललाई मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ। अन्य मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी यथावत् छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया