असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आजसम्म १२ लाख ५४ हजार १३१ पीसिआर परीक्षण भएको छ ।

आज निको भएर घर फर्कनेको संख्या ३५२२ रहेको छ। आजसम्म ८८ हजार ४० जना डिस्चार्ज भैसकेका छन् । शुक्रबार आज नेपालभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख २६ हजार १३१ पुगेको छ ।

यसैगरी होम आइसोलेसनमा रहनेहरुको संख्या २५ हजार ४६ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय १५ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया