भाद्र १०, २०८३ बुधबार August 26, 2026

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द

बाढीका कारण रसुवा, नुवाकोटलगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धादिङ । भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बाढीका कारण रसुवा, नुवाकोटलगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको जानकारी दिनुभयो ।

बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राखी आम सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उहाँले राससलाई जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द
२०८३ भाद्र १०, बुधबार
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमालेको निर्देशन
२०८३ भाद्र १०, बुधबार
सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छ : राष्ट्रपति
२०८३ भाद्र १०, बुधबार
रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा
२०८३ भाद्र १०, बुधबार