भाद्र १४, २०८३ आइतबार August 30, 2026

सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल

बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायतका सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ ।

महासङ्घका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायतका सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गर्नुभएको हो । विज्ञप्तिमा भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको उल्लेख छ । मुलुक अत्यन्त ठूलो पीडामा रहेको वर्तमान परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासङ्घले जनाएको छ ।

बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोटलगायत जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्याउन र हजारौँ बाढीपीडितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारीसाधनको आवश्यकता परेको महासङ्घले स्पष्ट पारेको छ । उक्त मानवीय कार्यका लागि तत्काल पिकअप, मिनीट्रकजस्ता सवारीसाधन उपलब्ध गराइदिन सदस्यहरुलाई अनुरोध गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया