असार २२, २०८२ आइतबार July 6, 2025

दक्षिणमा मिचिएको भूमि फिर्ता ल्याउने काममा पनि सरकारले गम्भीरता देखाएन – डा. मिनेन्द्र रिजाल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको महाधिवेशन नहुने भएको हो ?

महाधिवेशन हुन्छ । किन नहुने ?

कहिले हुन्छ ? मिति त अन्यौलमा परेको छ नि !

अहिलेसम्म हामीले फागुन ७ गतेसम्मको मिति राखेका छौं । त्यसका लागि पहिलो कुरा फागुन ७ मा हुन नसक्ने कोभिडको कारणले देखिन्छ । कोभिडका कारणले कहिले हुनसक्छ भन्ने अवस्था छैन । दोस्रो सभापतिजीको अग्रसरता जसरी महाधिवेशनका लागि तयारी जुट्नुपर्ने हो, त्यतातिर जुट्न सकेको हामीलाई महशुस भएको छैन । त्यसैले अहिले मिति सार्ने भन्ने बित्तिकै कहिले महाधिवेशन गर्नेभन्दा पनि कहिलेसम्म नगरी बस्ने ? भन्ने सन्देश जान्छ भन्ने खालको हो । तेस्रो मैले भन्नैपर्छ, कोभिडको संक्रमण गयो, सभापतिले अग्रसरता लिनुभयो भने पनि हामीकहाँ जुन किसिमको बिग्रह पार्टीभित्र देखिएको छ, त्यो बिग्रहले असर गर्छ जस्तो मलाई लाग्छ । त्यसैले अझ महाधिवेशन कहिले हुन्छ भन्ने प्रश्नको उत्तरमा कोभिडको संक्रमणले कत्तिको आक्रान्त हुन्छ, झन् चर्कोका साथ फैलिन सक्छ । दशैँमा मान्छे घरमा जाने र काठमाडौँमा संक्रमण देशको कुना कुनामा पुग्ने, कुना कुनाबाट फेरि काठमाडौँमा फर्किने हुँदा हाम्रो क्षमताले भ्याउनेभन्दा अहिले नै नसक्ने अवस्था छ । योभन्दा कैयौँ गुणा बढी संक्रमण फैलिएला भन्ने चिन्ता छ । यसले स्वभाविक रूपमा अधिवेशनलाई प्रभावित गर्छ । दोस्रो सभापतिजीको एक्लो निम्न उपस्थिति देखिएको छ । जागरुकता, अग्रसरता देखाउनुपर्ने, त्यो आएको छैन । पार्टीका लागि उहाँले गर्नुपर्ने जिम्मेवारी समयमा नै महाधिवेशन गराउने हो । सभापतिजीका पक्षका र हामी रामचन्द्रजीको पक्षका गम्भीरता हुनुपर्ने हो, त्यो गम्भीरता नहुँदा, त्यो परिस्थितिलाई हामीले सुधार गर्न महाधिवेशनको जति तयारी गरे पनि हुनुपर्छ । बहस, छलफलपश्चात हाम्रा कामहरू अगाडि जान्छन् जस्तो लाग्छ । त्यसैले अहिले तत्काललाई गर्नुपर्ने कुराहरू समायोजनको काम पूरा गर्ने एक र दोस्रो के छ भने क्रियाशील सदस्यता नवीकरण गर्ने, क्रियाशील सदस्यताको वितरण सकौँ । त्यसो हुँदा हामी यो कोरोनाको कहरको बीचमा क्रियाशील सदस्यताको काम टुंगो लगाउछौँ र उजुरीहरूको पनि टुंगो लगायौँ भने त्यो सकिएको उजुरी पनि एक महिनाभित्र हामीहरूले वडाको अधिवेशनदेखि लिएर केन्द्रको महाधिवेशनसम्म डेढ महिनाको काम सम्पन्न गर्नुपर्छ ।

कांग्रेस पार्टीभित्र गुट नै गुट छ । अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले नै नचाहेको हो त महाधिवेशन ?

मैले तीनओटा कुरा भनेँ । एउटा कुरा कोभिडले पर धकेलेको छ, महाधिवेशन । दोस्रो कुरा सभापतिले निरन्तरता दिनुभएन । समय छ भनेर अहिले उहाँको समुह भित्र पनि तोकिदिने उम्मेदवारीको चर्चा सुरु भईसकेपछि उहाँलाई झन् अग्रसरता लिने कुनै मोटिभेशन पनि देखिरहेको छैन मैले । हामीहरू जता पक्षका हौँ, नेपालको यस्तो खालको वातावरण छ कि हामी सबै अधिवेशन गरौँ भनेर लागेका छौँ ।

सबै गुटमा द्वन्द्व र विवाद छ । गुटको कारणले कांग्रेसलाई आज यो अवस्थामा पु¥याईरहेको छ । तपाइँहरूले महाधिवेशन गराउनको लागि जसरी दबाब दिईरहनुभएको छ, पार्टी सभापतिलाई । उहाँले भन्नुभएको छ, महाधिवेशन फागुनमा हुन सक्दैन । कि त भदौमा गर्ने । त्यसमा तपाईँहरूको बिमत्ति हुन्छ कि हुँदैन ?

सभापतिजीले अघिल्लो कार्यसमितिको बैठकमा म फागुन ७ गते गराउँछु भन्नुभयो । त्यसैले अहिलेसम्म हामीले पत्याउने कुरा त्यही हो । सभापतिसँग आधिकारीक रूपमा त्योभन्दा अरू विचार हामीले सुनेका छैनौँ । त्यसैले उहाँले भदौमा भन्नुभयो कि जेठमा भन्नुभयो, म त्यसलाई आधिकारीक भन्दिनँ । मसँग भन्नुभएको छैन ।

होइन, अब चार महिना बाँकी छ, चार महिनामा महाधिवेशन हुन सक्छ ?

समायोजन र क्रियाशील सदस्यताको काम सकेको डेढ महिनाभित्र वडादेखि केन्द्रको महाधिवेशन गर्न सकिन्छ । क्रियाशील सदस्यको समायोजनदेखि क्रियाशीलताको वितरणको कामसम्म त्यसको उजुरी, छानविन गर्ने, टुंगो लगाउने, किनारा लगाउने काम गर्नका लागि अहिले त्यो काममा लागौँ । त्यो काममा लाग्नको लागि केही कठिनाई छैन । कोभिडको संक्रमण फैलिन नदिने, त्यो काममा लागौँ । यसले हाम्रो पनि सभापतिभन्दा फरक पक्षका मान्छेको पनि अधिवेशनप्रति गम्भीरता प्रमाणित हुन्छ । सभापति पनि अधिवेशन गर्न चाहनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ । त्यसैले मैले भनेको तीन ओटा कारणमध्ये ती कारण होइनन् भन्ने प्रमाणित गर्नका लागि पनि क्रियाशील सदस्यता नवीकरण, वितरण र त्यो सम्बन्धि उजुरीमा जुटौँ । कोभिडको संक्रमण सकिने बित्तिकै यो काम पूरा गरौँ ।

तर, मसँग यही नेपाली बहसमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशन फागुनमा हुँदैन भनेर मसँगको अन्तर्वार्तामा भनिसक्नुभएको छ ?

मैले भनेँ नि, सिटौलाजीले भनेको कुरामा मैले उहाँलाई सम्मान गर्छु । उहाँ पार्टीको एउटा महत्वपूर्ण व्यक्तित्व हो । महामन्त्री, गृहमन्त्री भईसकेको मान्छे, सभापति पदको लागि चुनाव लडिसकेको मान्छे, एउटा राम्रो पार्टीमा संगठन उहाँको पक्षमा छ, त्यो पनि प्रमाणित भईसकेका मानिस, त्यसैले उहाँले भनेका कुरामा विवाद गर्नुपर्ने जरुरी छैन । मैले यति मात्र भनेँ, फागुनमा हुँदैन भने कहिले हुन्छ ? भनेर आज भन्न सक्ने अवस्था छै्रन । सभापतिदेखि लिएर सिटौलाजीसम्म, गाउँको कार्यकर्तासम्म जाँदाखेरि गाउँ, वार्डको सभापतिसम्मले पनि उहाँहरूको काम सकियो, अब अर्को नेता आउने भयो भनेर ईमान्दार भएर काम गर्दाखेरि पनि कठिनाइ कोभिडका कारणले आउन सक्छ । त्यसैले महाधिवेशन कहिले हुन्छ ? भन्न सक्ने अवस्था अहिले छैन । हामीले अहिले गर्नुपर्ने पहिलो काम समायोजन, क्रियाशील सदस्यता र त्यसको उजुरीहरूको छानविन गरेर टुंगो लगाउने काम पहिलो काम हो ।

आगामी महाधिवेशनमा तपाईँहरू को को सभापति बन्ने ? कसले नेतृत्व लिने ? भन्ने विवाद त कांग्रेसमा जारी छ । अहिले पनि गुटमा विवाद छ । कुन गुटबाट को को सभापति बन्ने भनेर ?

मैले अहिले के भन्छु भन्दाखेरि कांग्रेसले ६ हजार ७ सय ४३ वटा वडाहरूमा वडाको अधिवेशन गर्नुपर्छ । वडाको मतदाता कांग्रेसको क्रियाशील सदस्य हो । कांग्रेसको क्रियाशील सदस्य को को हुन् ? भनेर टुंगो लगाउने त्यसमा भएका विवाद टुंगो लगाउने, नयाँ क्रियाशील त्यसका लागि दिने, क्रियाशीलता दिने निकायसँग कुरा हुनुपर्छ । पुराना क्रियाशीलताको नवीकरण गर्ने, यी क्रियाशीलतामा कही उजुरी छन् भने त्यो उजुरीमा छानविन गरेर किनारा लगाउने, यो काम पूरा गर्नुपर्छ । कोरोनाको संक्रमणको कहरसँगै जोगिँदै यो काम पूरा गर्ने हो भने हजार माईलको पहिलो यात्रा यही हो । यो यात्रा सकिएको दुई महिनाभित्र वडाको अधिवेशनदेखि लिएर केन्द्रको महाधिवेशन सम्पन्न गर्न सक्छौँ ।

तपाईँहरूको गुटको कारणले गर्दाखेरि समस्या आउँदैन ? गुटको कारणले गर्दा महाधिवेशन नहुने हो कि ? नेतृत्वमा को जाने भन्ने होडबाजी त छ नि !

मेरो बुझाउन सक्ने क्षमता नभएर होला, मैले सुरुदेखि यही भनिरहेको छु । तीनओटा कारण, एउटा कोभिडको संक्रमण गहिरिँदो छ । अझ बढ्दो छ । त्यसैले हाम्रो महाधिवेशन प्रभावित हुन्छ । दोस्रो सभापतिजीले पहिले पनि अग्रसरता लिनुभएन, अझ म्याद थप्न बाँकी छ भन्नुभयो, फर्किनुभयो । तेस्रो सभापतिको पक्षभन्दा बाहिरका हामीहरू पनि अधिवेशन चाहियो भनिरहेका छौँ तर अधिवेशनको बाटोमा जानको लागि पार्टीभित्रको बिग्रहमा उहाँहरू सभापतिको समुह जतिकै हामीहरू जान सक्छौँ । तीनैओटा कठिनाइहरू छन् भनेँ, छैन भनिनँ मैले ।

त्यसो भए मलाई के बताउनुहोस् भने नेपाली भूमि चीनले मिचेको छ भनेर कांग्रेसले निष्कर्ष निकाल्यो । चीनले फेरि पनि भनेको छ–चीनले आफ्नै भूमिमा भवनहरू निर्माण गरेको छ र चीनले एक ईञ्च पनि नेपालको भू–भाग मिचेको छैन भनेर चीनको फेरि पनि प्रतिक्रिया आएको छ । कांग्रेसले किन त्यस्तो निश्कर्ष निकाल्यो ?

हाम्रो पार्टीको नेता, केन्द्रीय कार्य समितिको सदस्य, जीवनबहादुर शाही जो छ नम्बर प्रदेशको विपक्षी दलको नेता हुनुहुन्छ, उहाँले त्यही ठाउँमा पुगेर जहाँ चीनसँगको विवाद छ, त्यो ठाउँमा गएर निरीक्षण गर्नुभयो र प्रतिबद्ध गराउनुभएको छ कि हाम्रो भूभाग मिचिएको छ भनेर । हामीले सरकारलाई त्यो कुरामा ध्यानाकर्षण गरिसक्यौँ । सरकारले यो विषयमा छलफल अगाडि सार्नुपर्ने हो, अगाडि सारेको छैन । त्यसकारण सरकार गम्भीर छैन । दक्षिणमा मिचिएको भूमि फिर्ता ल्याउने काममा पनि सरकारले गम्भीरता देखाउन सकेको छैन । चीनतर्फ थप अर्को के पनि देखिन्छ भन्दाखेरि चीनको कम्युनिष्ट पार्टी आज परराष्ट्रमन्त्रीजीले भन्नुभयो कि नेपालको परराष्ट्र नीतिमा असन्तुलन थियो, त्यसलाई हामीले सन्तुलित बनाएका छौँ भनेर । उहाँले परराष्ट्र नीतिलाई सन्तुलित होइन कि हाम्रा छिमेकीहरू यसरी नै चिढिने, त्यो छिमेकीसँग मात्रै होइन, पश्चिमा लोकतान्त्रिक मुलुकहरू पनि हामीबाट टाढा हुने खालको राजनीतिक सुरु गर्नुभएको छ । फेरि हामीले एउटा पार्टीसँग पूरै देशभरि नै एउटा देशको पार्टीसँग जोडिने खालको राजनीति गर्ने चीन हाम्रो अत्यन्त नजिकको छिमेकी मित्र हो । चीन हाम्रो असाध्यै भरोसा गर्नुपर्ने मित्र हो । यसमा हामीले कहिलेपनि चीनबाट अप्ठ्यारोको कुरा थाहा छैन । तर, चीनसँग यो दिनमा हाम्रो सिमामा विवाद आयो । विवाद टुंगिनुपर्छ, विवाद टुंग्याउन सरकारले अग्रसरता लिनुपर्छ । अग्रसरता लिईएन । चीनसँग भूमिमा विवाद आयो भने त्यो विवादमा आँखा चिम्लनुपर्छ ? यसकारण कि कम्युनिष्ट सरकार भएर ? होइन भने हाम्रो भूमि कसैबाट उत्तरबाट, दक्षिणबाट, कहीँबाट एक ईञ्च पनि मिचिन्छ भने त्यसमा गम्भीरता देखिनुपर्छ । दक्षिणतर्फको कुरामा सरकारले अगाडि काममा त लाग्यो तर गम्भीरतापूर्वक भूमि फिर्ता गर्ने काममा लागेन । हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुराको भूमि फिर्ता ल्याउन सरकारले कहीँ पनि गम्भीरता देखाएन । उत्तरतर्फ मिचिएको सिमा भन्ने जुन थियो, त्यसलाई गम्भीरतापूर्वक छलफलसम्म पनि गर्न तयार छैन । योभन्दा दुःख लाग्ने कुरा के छ ?

होइन, कांग्रेसले निष्कर्ष निकाल्यो । हुम्लामा चीनले नेपालको भू–भाग मिचेको छ भनेर । चीनले पुनः स्पष्टीकरण दिएको छ, हामीले नेपालको भूभाग मिचेकै छैनौँ भनेर । अब तपाईँहरू के गर्नुहुन्छ ? तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ ?

यो विषय एउटा कुरा म प्रस्ट रूपले भन्छु, हाम्रो पार्टी, संसदीय दलको नेता, केन्द्रिय सदस्यले एउटा प्रतिवेदन दिईसक्नुभयो । अब हामीले सरकारसँग कुरा गर्ने हो । मैले एउटा कुरा जहिल्यै पनि दक्षिणसँग पनि भनेँ । उत्तरसँग पनि पर्ला÷नपर्ला तर मैले के भन्छु भने परराष्ट्र नीतिको सञ्चालन सरकारले गर्छ । कांग्रेस पार्टीले जहिल्यै परराष्ट्र नीतिको सञ्चालन गर्ने होइन । हामीले यो विषय सरकारसामु उठाउने हो । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । सरकारको सम्पूर्ण संरचनाले लिनुपर्छ । उहाँले हामीले राजनीतिक दलसँग राज्यका अरू पक्षहरूसँग कुराकानी गर्ने जिम्मा सरकारको हो ।

त्यसो भए सरकारले सर्वदलीय बैठक बोलाएर दृष्टिकोण सार्वजनिक गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको माग हो ?

दृष्टिकोण सार्वजनिक गर्ने मात्र होइन, यस विषयमा सत्य तथ्य के हो ? सरकार त्यस किसिमको सञ्चारमा जाने कुरालाई सहज रूपमा समाधान निकाल्नेतर्फ सरकारले काम गर्नुपर्छ ।

तपाईँ त सञ्चारमन्त्री भईसकेको व्यक्ति हो, सरकार किन चाहन्छ, फोन ट्यापिङ्ग ? मस्यौदामा के–के छन् ?

होइन यो सरकारको एउटा मानसिकता के छ भन्दाखेरि दुबैजना, ओलीजी अहिले प्रधानमन्त्री हुनुहुन्छ, प्रचण्डजी पार्टीका अर्का अध्यक्ष हुनुहुन्छ, त्यसमा उहाँहरू एकअर्कामा मारामार गरिरहनुभएको छ तर दुबैजनाको एउटा मानसिकता के छ भने मेरो हातमा सत्ता भए पुग्छ भन्ने छ । ओलीजीलाई के छ भन्दाखेरि नेपालमा चुनाव जितेर आईसकेपछि त्यो मान्छेले जे पनि गर्न सक्छ, अदालतलाई पनि जे भने पनि हुन्छ, संसदलाई पनि नटेरे पनि हुन्छ, नेपालमा संविधान मान्न पर्दैन भन्ने मान्यता लिनुभएको छ । त्यसैले मैले पटक पटक भनेको छु, अधिनायकवादी सोचबाट हिँड्नुभएको छ । त्यही अधिनायकवादी सोचबाट उहाँको आजको दिनमा हाम्रो कठिनाइ कोरोनाको ढाकछोपदेखि लिएर कसरी समस्याको समाधान म एक्लैले गर्न सक्छु ? किनभने जनताले मलाई चुनाव जिताए पठाएका छन्, मैले नै गर्ने हो, म बाहेक कसैले गर्दैन, त्यसैले डाक्टर पनि मै हुँ, ईन्जिनियर पनि मै हुँ, रेल पनि मैले बनाउने हो, पानीजहाज पनि मैले बनाउने हो भन्ने खालको उहाँको मानसिकता, अदालत पनि मैले बनाउने हो, अख्तियार पनि मैले चलाउने हो भन्ने खालको मानसिकता छ । त्यो मानसिकताका कारण समस्या भयो । प्रधानमन्त्रीजीले गम्भीरतापूर्वक संविधान पढ्नुभयो भने म भन्दा ठुलो पात्र हो उहाँ संविधान बनाउने, संविधानलाई गम्भीरतापूर्वक फेरि पढ्नुभयो भने प्रधानमन्त्रीले बुझ्नुहुन्छ कि चुनाव जितेर आउने बित्तिकै भएका सबै लोकतान्त्रिक संघ संस्थाहरूलाई किनारामा लगाएर शासन गर्न पाईँदैन भन्ने ।

त्यसोभए अहिलेको अवस्थामा यो विधेयक, मस्यौदा आवश्यक छैन ? यो फोन ट्यापिङ्ग गर्ने विधेयक ?

त्यो मात्रै होइन, मैले भने नि, संसार जगतलाई उहाँले अदालत, अख्तियारलाई उहाँले जुन किसिमले सञ्चालन गर्नुभएको छ, यो गर्ने बाटो नेपालको संविधानले दिएको छैन । नेपालको संविधानको प्रस्तावना हेर्ने हो भने हामीले लोकतन्त्रका मूल्यमान्यताहरू केही छन् । पूर्ण प्रेस स्वतन्त्रतासम्म लेखेका छन् । त्यतिमा मात्रै पनि सिमित छैन । हामीले विधि लेखेका छौँ । विधिको शासन लेखेका छौँ । यसरी सक्षम, निष्पक्ष, स्वतन्त्र न्यायपालिका लेखेका छौँ हामीले । त्यसैले प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, उहाँले निकै ठुलो अग्रसरता दिएर बनाएको संविधान पहिला पढ्नुहोस् । त्यसको प्रस्तावना पढ्नुहोस् । चुनाव जितेर हुँदैन । नेपालमा लोकतान्त्रिक संघसंस्थाहरूमा पनि विधिको शासन छ । लोकतान्त्रिक उत्तरदायित्वको प्रश्न छ, प्रेस स्वतन्त्रताको अभिव्यक्तिको संविधानले व्यवस्था गरेको मौलिक हक र त्यसै अनुसारको मानवअधिकारको व्यवस्था छ । त्यसमा प्रतिबद्ध नरही सम्मान नगरीकन, त्यसलाई नमानीकन कुनै पनि निर्वाचित जस्तोसुकै दुईतिहाईदेखि लिएर सबै सिट २७५ ओटै सिटमा उहाँले जितेको भए पनि उहाँले त्यो बाटो छोडेर हिँड्न पाउनुहुन्न ।

अब सांसदलाई किन दशैँ भत्ता चाहियो अरे, कांग्रेस कहाँ छ ?

स्वचालित रूपमा मेरो खातामा नभनिकन पैसा जम्मा हुन्छ । मैले कहाँ निर्णय गर्नुपर्छ ? ल भन्नुहोस् । एउटा व्यक्तिले आफुलाई ठुलो बनाउनको लागि प्रचार गर्दैमा सांसदले दशैँ भत्ता लियो भनेर प्रचार नगरौँ । संसदमा सभामुखले अग्रसरता लिनुहोस् । पार्टीको बैठक प्रधानमन्त्रीले बोलाउनुहोस् । त्यसैले हाम्रो खातामा पैसा जम्मा थाहा नपाईकन हामीलाई गाली गर्ने बाटोमा हिँड्ने कुरा ठीक भएन । मैले कोरोनाको संक्रमणमा देश गएदेखि व्यक्तिगत रूपमा निकै पैसा आफ्नो निर्वाचित क्षेत्रमा खर्च गरेको छु । काठमाडौँमा अप्ठ्यारो परेको मान्छेहरूलाई जिल्लामा अप्ठ्यारो परेको मान्छेलाई सहयोग गरेको छु । एउटा पार्टीको अमुक नेताले आफ्नो प्रचार गर्नका लागि सबै बदमास छन् भनेर प्रचार गरेर अर्कालाई गाली गर्ने बाटो नबनाऔँ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार