भाद्र २०, २०८३ शनिबार September 5, 2026

सुपर सेतीको पहिरोमा २ जनाको मृत्यु, १ घाइते

दुवैलाई चिकित्सकले गरे मृत घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं।  कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ मा बन्दै गरेको सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ ।

धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ८ घर भएका २६ वर्षीय आयुष राई र खोटाङको कोपिलास गाउँपालिका वडा नम्बर १ घर भएका वर्ष २७ का किसान राईको उपारका क्रममा मृृत्यु भएको हो ।

दुवैलाई चिकित्सकले सवा १ बजेतिर मृत घोषणा गरेका हुन् । शनिबार बिहान ११ बजेतिर खसेको पहिरोमा परी सोही हाइड्रोमा काम गर्ने तीन घाइते भएकोमा उनीहरुलाई उपचारका लागि स्थानीयले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा–११, फूलबारी पठाएका थिए ।

सार्दीखोलाबाट घटनास्थल परत करिब १२ किलोमिटर पूर्वमा पर्छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाटो बनाउँदै गर्दा आएको पहिरोले च्यापेपछि स्थानीयले उद्धार गरी अस्पताल पठाएकोमा दुई जनाको मृत्य भएको र एक जनाको उपचार भइरहेको जानकारी दिए ।

सोही पहिरोमा परी घाइते इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगरको उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
२०८३ भाद्र २०, शनिबार
रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास
२०८३ भाद्र २०, शनिबार
रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार
२०८३ भाद्र २०, शनिबार
जसपा नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल
२०८३ भाद्र २०, शनिबार
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
२०८३ भाद्र २०, शनिबार
कर्णाली प्रदेश अस्पतालले स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्ने
२०८३ भाद्र २०, शनिबार
भोटेकोशी बाढीमा बेपत्ता महिलाको ११ दिनपछि जीवितै उद्धार
२०८३ भाद्र २०, शनिबार