असोज २, २०८३ शुक्रबार September 18, 2026

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज (पर्सा), २ असोजः भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया