काठमाण्डौंः पाकिस्तानले टिकटक एप माथि लगाएको प्रतिबन्ध हटाएको छ । पाकिस्तान दूरसञ्चार प्राधिकरणले ११ दिनपछि टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।
पाकिस्तानको नियामकले टिकटक व्यवस्थापनसँगको समन्वय पश्चात एपमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । अश्लीलता अनैतिकता र अभद्रता फैलाएको भन्दै पाकिस्तानले भिडियो शेयरिङ प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको थियो ।
डिजिटल कन्टेन्टमाथिको हस्तक्षेप पाकिस्तानमा यो नै पहिलो भने होइन । यसै वर्ष पाकिस्तानले इन्टरनेट सेन्सरका लागि नयाँ नियम ल्याएको थियो । तर फेसबुक, गुगल र टिकटकले देश छोड्ने धम्की दिएपछि उक्त नियम लागु गर्नबाट पाकिस्तान पछि हटेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया