असोज २७, २०८३ मंगलबार October 13, 2026

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार उल्लेख्य घटेको सुनको मूल्य मंगलबार थप ओरालो लागेको हो।

सोमबार प्रतितोला २,१०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य मंगलबार थप २,२५० ले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि सोमबार चाँदी २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२०८३ असोज २७, मंगलबार
जयन्ती मावि आवासीयमा रुपान्तरण
२०८३ असोज २७, मंगलबार