असोज २९, २०८३ बिहिबार October 15, 2026

विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ।

साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्।

चिकित्सकहरूका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ। साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ।

जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो। साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानचेस्टर सिटीका आर्थिक नियम उल्लंघनको सुनुवाइ जनवरीमा
२०८३ असोज २९, बिहिबार
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
२०८३ असोज २९, बिहिबार
आजको मौसम : पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै
२०८३ असोज २९, बिहिबार