कार्तिक ८, २०८३ आइतबार October 25, 2026

बागमती नदी सफाइ अभियान जारी

दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती नदी सफाइ महाअभियान हिजो (शनिबार) पनि जारी रह्यो ।

गुह्येश्वरी मन्दिर अगाडि बागमती नदी एवं किनारमा शनिबार ७०२औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए । नवदुर्गाको पूजा गरिएका मूर्तिहरुलाई किनारमा राखिएको छ ।

सो अवसरमा कुहिने फोहरलाई त्यहीँको बागमती किनारमा गाडिएको थियो । नकुहिने फोहर ट्रकमा राखी व्यवस्थापन गरिएको थियो ।

समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो बागमती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं बागमती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया