कार्तिक ९, २०८३ सोमबार October 26, 2026

इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको घटनास्थलमा नै निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम, ९ कात्तिकः आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया