कार्तिक ९, २०८३ सोमबार October 26, 2026

ब्रह्मपुरीमा आज शोक बिदा

गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्था बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही, कात्तिक ९ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सोमबार शोक बिदा दिइएको छ ।

गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनमा दुःख व्यक्त गर्दै गाउँ कार्यपालिका बैठकले सोमबार पालिकाभर शोक बिदा दिने निर्णय गरेको हो । उपाध्यक्ष श्यामकला यादवले सूचना जारी गर्दै सोमबार गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थामा शोक बिदा दिइएको जानकारी दिनुभयो ।

ब्रह्मपुरी गाउँपालिका–२ घर भएका ८५ वर्षीय साहको गत बुधबार बिहान काठमाडौँमा निधन भएको थियो । गाउँपालिका अध्यक्ष साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्वन्धी समस्या) देखिएको थियो ।

साह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया