कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सिम्ताका विद्यालयमा अब आइतबार पनि नियमित पठनपाठन

मंसिर १ देखि सिम्ताका विद्यालयमा आइतबार पनि पूर्ण अवधिको कक्षा सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । सुर्खेतको सिम्ता गाउँपालिकाले अब साताको आइतबार पनि विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको कात्तिक २० गते बसेको बैठकले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी आइतबारका दिनसमेत अन्य सामान्य कार्यदिनसरह पूर्ण अवधिको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्था रहे पनि राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्धारण गरेको वार्षिक पाठ्यघण्टा तथा पाठ्यभार पूरा गर्न थप समय आवश्यक देखिएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।

पाठ्यभार समयमै पूरा गर्न कठिनाइ देखिएकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आइतबार पनि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न गाउँ कार्यपालिकाको कार्यालयले अनुरोध गरेको छ ।

गाउँपालिकाको यो निर्णयसँगै आगामी मंसिर १ गतेदेखि सिम्ता गाउँपालिकाभित्रका विद्यालयहरूमा आइतबारसमेत नियमित कक्षा सञ्चालन हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया