मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

झुट्टा तथा नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अनुसन्धान अघि बढाउदै अख्तियार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर ३ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा तथा पदस्थापन भएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (राप द्वितीय श्रेणी) रामबाबु प्रसाद चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।  आयोगका अनुसार चौधरीले सेवा प्रवेश तथा बढुवा र पदस्थापनसमेत हुने प्रयोजनका लागि ‘बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल’ बाट जारी भएको देखिने आईए तहका विभिन्न कागजात पेस गर्नुभएको थियो। ती कागजातमा मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेटलगायत झुट्टा तथा नक्कली प्रमाणपत्र रहेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया