काठमाडौंः राष्ट्रिय जनमोर्चाले चौथो राष्ट्रिय सम्मेलनको मिति घोषणा गरेको छ ।
शनिवार बसेको पार्टीको बैठकले कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
आगामी फाल्गुनबाट पार्टीको तेस्रो सम्मेलनबाट निर्वाचित नेतृत्वको समयावधि सकिँदैछ । शनिवारको बैठकले आगामी मंसिर १४ गते संघीयताविरुद्ध र कोरोना महामारी नियन्त्रणमा सरकारको व्यवहारलाई लिएर देशब्यापी विरोध कार्यक्रम समेत तय गरेको छ ।
त्यस्तै आगामी सम्मेलनका लागि जिल्ला र प्रदेश समितिबाट सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको संख्या समेत निर्धारण गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया