काठमाण्डौंः नेपालमा शुक्रवार थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६८ हजार १२९ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट १ हजार २०२ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ३ हजार ५३७ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ९३ हजार ८५० ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ९८६ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा ३७ हजार २२ जना रहेका छन् ।
विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । जसअनुसार काठमाडौं जिल्लामा ९१९जना, भक्तपुर जिल्लामा १०८ जना र ललितपुर जिल्लामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार संक्रमित पुष्टि हुनेमा ५२६ जना महिला र ६८१ जना पुरुष रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया