श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रचण्डको प्रस्ताव भन्दा पनि तपाँईको कार्यशैली सच्चिनुपर्छ’- उपाध्यक्ष गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । उपाध्यक्ष गौतम प्रधानमन्त्री भेट्न आइतबार बिहान साँढे ९ बजे प्रधानमन्त्री निवाश बालुवाटार पुगेका हुन् ।

करिब डेढघण्टा भएको भेटवार्तामा नेकपाभित्र देखा परेको विवादबारे छलफल भएको बताईएको छ । प्रधानमन्त्री ओलीले गौतमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पहल गर्न आग्रह गरेको उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।

‘प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पहल गरिदिन आग्रह गर्नुभयो’, प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘प्रस्ताव फिर्ता नलिए संकट थप चुलिन्छ ।’

जवाफमा उपाध्यक्ष गौतमले उक्त प्रस्ताव फिर्ता नहुने जवाफ दिएका थिए । उपाध्यक्ष गौतमले उक्त प्रस्ताव पाँच जना सचिवालय सदस्यहरुको सामूहिक निर्णय भएकाले फिर्ता नहुने जवाफ दिएका हुन् ।

‘प्रस्ताव फिर्ता हुँदैन । अध्यक्ष प्रचण्डको एकल प्रस्ताव होइन र यो प्रस्ताव पाँच जना सचिवालय सदस्यहरुको सामूहिक छलफलबाट निस्किएको प्रस्ताव हो’, उनले भने ।

गौतमले प्रधानमन्त्री ओलीलाई कार्यशैली सच्याउन आग्रह गरेका छन् । उनले प्रस्ताव फिर्ता गर्नुभन्दा पनि कार्यशैली सच्याएर आफू पनि सच्चिन आग्रह गरेका छन् ।

‘मसँग भनेर केही हुँदैन । बैठकमा सबै कुरा राख्नुस् । प्रस्ताव भन्दा पनि तपाईको कार्यशैली सच्चिनुपर्छ’, उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले भने, ‘तपाईको कायैशली सच्चिन्छ भने यो प्रस्ताव स्वतः फिर्ता हुन्छ नत्र हुँदैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार