काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टी एकता अप्ठ्यारोमा पुगेको बताउँदै एकता रक्षाको प्रयास पनि जारी रहेको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा मन्त्री ज्ञवालीले लेखेका छन्, “पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ। आशा छ, संकटका बादलहरू हटेर जानेछन्। कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ। एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया