काठमाण्डौंः पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै पार्टीले लिखितरुपमा आरोप लगाइसकेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउनैपर्ने बताएका छन् ।
बुधबार उनले आफ्नो ट्वीट मार्फत भनेका छन् नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है । राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । ओली सरकारको असफलता र भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया