असार २८, २०८२ शनिबार July 12, 2025

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुग्यो- हालसम्म १ हजार २७६ जनाको मृत्यु पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा बिहीवार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार २७६ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख ३३ हजार ५५९ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७६७ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २८ हजार १०६ जना रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया