श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विप्लव सहित २२ राजनीतिक दलले मंसिर ७ गते देशब्यापी प्रदर्शन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत २२ राजनीतिक दल तथा संगठनहरुले मंसिर ७ गते देशब्यापी विरोध प्रदर्शनको तयारी गरेका छन् ।

गत कात्तिक २७ गते बसेको संयुक्त बैठकको निर्णय बमोजिम देशका विभिन्न स्थानमा विरोध प्रदर्शनको तयारी गरिएको हो । २२ दलले काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे विरोध प्रदर्शन गर्नेछन् भने देशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुनेछ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले देशमा प्रतिकृयावादी शक्तिहरुको चलखेलले देशका अस्मिता माथि खतरा रहेको भन्दै देश व्यापी प्रर्दशन र आन्दोलनका कार्यक्रम जनता माझ लान आवश्यक रहेको बताए ।

अध्यक्ष गजुरेलले विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड-१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, कोरोनामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई जोखिम भक्ता दिनु पर्ने, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा सरकारलाई दबाब दिन विरोध प्रदर्शन गर्न लागिएको बताए ।

सबै प्रदेशहरुका मुख्य मुख्य शहरमा प्रदर्शनको तयारी भइरहेको नेकपा मसालका बागमती प्रदेश प्रवक्ता समिर सिंहले बताए । उनले अमेरिकी संस्था एमसीसीसँग नेपालका विभिन्न सरकारद्वारा गरेको असमान सन्धी खारेजी गर्न जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको उनको जिकिर छ ।

मोर्चाले एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिको अंग भएको अमेरिकी उच्च अधिकारी तथा राजदूतावासले नै स्पष्ट पारिसकेको बताउँदै त्यसलाई दृढतापूर्वक खारेज गर्नुपर्ने बताएका छन् । एमसीसी पारित गरिए नेपालको स्वतन्त्र परराष्ट्र नीति र सार्वभौमिकतामा समेत आँच पुग्ने मोर्चाको बुझाई छ ।

संयुक्त बैठकमा नेकपा महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य, नेकपा (माले)का महासचिव सिपी मैनाली, र देशभक्त जनगणतान्त्रिक मोर्चाका सीपी गजुरेल,राष्ट्रिय जागरण मञ्च, नेपाल कम्युनिष्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (माओवादी केन्द्र)का गोपाल किराती, जनसमाजवादी पार्टीका सुभासराज काफ्ले, जनजागरण परिषदका साध्यबहादुर भण्डारी, नेकपा (संयुक्त)लगायत २२ राजनीतिक दलहरुले देशव्यापी प्रदर्शन गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार