काठमाण्डौंः नेपालमा शनिवार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट १ हजार ३०५ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ लाख ५२ हजार ४३ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७५७ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २४ हजार ९ जना रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया