श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रस्ताव फिर्ता नलिने प्रचण्डकाे अडान कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव पनि सचिवालयमा पेस भएपछि दुवैमा छलफल गरी थप निष्कर्ष निकाल्न मद्दत पुग्ने अध्यक्ष दाहालको भनाइ छ।

‘म मेरो प्रस्ताव फिर्ता लिन्नँ। प्रधानमन्त्री (ओली)ले पनि आफ्नो प्रस्ताव ल्याउने भन्नुभएको छ । दुवैको प्रस्तावमाथि पार्टी कमिटीमा छलफल हुन्छ । एउटा निष्कर्ष निस्कन्छ । यसमा पार्टी विभाजन हुन्छ कि भनेर आत्तिनुपर्ने कुनै कारण छैन’, दाहालले सोमबार आफ्नो पूर्वसमूहका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग भने, ‘पार्टी एकता मेरो तर्फबाट टुट्दैन।

कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ। यसमा म सकारात्मक छ ु। लचिलो पनि छु। तापनि हाम्रा समस्या छलफल गरेर हल गर्नुपर्छ। कमजोरी ज–जसका छन्, आत्मबोध गरेर त्यसलाई करेक्सन गरेर जानुपर्छ।’ दाहालले प्रधानमन्त्रीले ल्याउने प्रस्ताव हेर्नुपर्ने भन्दै आफ्नो प्रस्तावले पार्टी नफुट्ने जिकिर गरेका थिए।

‘राजनीतिक प्रतिवेदन आउँदैमा कोही पनि आत्तिनु पर्दैन। मैले उठाएका कुरा जनताले थाहा पाएका छन्। पार्टीभित्र बहस चलेको छ। ओलीजीले पनि प्रतिवेदन ल्याउँछु भन्नुभएको छ। उनले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ त्यो हेर्नुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै नेता गजुरेलले भने, ‘प्रतिवेदनहरूले छलफल र समस्या समाधान गर्न मद्दत गर्छ। मेरो प्रतिवेदनले पार्टी फुट्दैन। पार्टी एकताकै लागि मैले पहल गरिरहेको छु।’

दाहालले पार्टी एकता कायम राख्ने÷नराख्ने भन्ने विषयमा बल प्रधानमन्त्री ओलीको कोर्टमा रहेको पनि बताएका थिए। उनले प्रधानमन्त्रीले जबर्जस्ती बहुमत पु¥याउने नाममा गणितको खेल खेल्न थालेको भन्दै त्यसलाई रोक्नुपर्ने पनि बताएका थिए । अन्नपूर्ण पोस्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार