असार २१, २०८२ शनिबार July 5, 2025

वाग्मती सभागृह र प्रदेशसभा भवन शिलान्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्न सक्ने बताएको छ । वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह निर्माणको आज बिहान शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले बन्दै गरेको भवन प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका लागि निर्माण गरे पनि सरकारी निकायले आवश्यकतानुसार उपयोग गर्न बताए ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित कार्यालयको जमीनमा भवन निर्माण प्रारम्भ भएको हो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी घोषणासँगै अस्थायी मानसिकता हट्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले अब स्थायी संरचना निर्माण गर्दै जाने बताए । उनले निर्माण कम्पनीलाई निर्धारित समय अगावै कामसक्न अनुरोध गर्दै काम चाँडो सके पुरस्कृत गरिने तथा तोकिएको समय कटाए आवश्यक कारवाही गरिने चेतावनी दिए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले मोटरबाटो नपुगेका स्थानमा मोटरबाटो, आवासविहीनका लागि घर, पानीका लागि धारा तथा कुलो एवं अन्य आवश्यकता पूरा गर्ने गरी काम भइरहेको बताए । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रदेश सरकारसँग सहकार्यमा काम गर्दा धरै उपलब्धि हात पार्न सकिएको बताए ।

प्रदेशसभा भवन शिलान्यास

हेटौंडा –१० मा निर्माण हुन लागेको प्रदेशसभा भवनको पनि आज शिलान्यास गरिएको छ । भवन शिलान्यास गर्दै वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, विभिन्न मन्त्रालयलगायत संरचना एकैस्थानमा निर्माण गर्नका लागि प्रदेश सरकार लागिपरेको बताए । सभामुख श्रेष्ठले सामरिक हिसाबले उपयुक्त स्थानमा राजधानी तोकिएको र त्यो महत्वलाई कायम राख्दै संरचना निर्माण गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले हरेक विकासनिर्माणका काम तीन तहका सरकार र जनसहभागितामा दु्रतगतिमा अगाडि बढेको बताउनुभयो । प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको काम गराइप्रति खुशी व्यक्त गर्दै आगामी निर्वाचन अगावै संसदीय क्रियाकलापमा प्रयोग गर्न सक्ने गरी छिटो सभागृह निर्माण सक्न आग्रह गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बालबालिका देशको भविष्य हुन्ः मुख्यमन्त्री कँडेल
२०८२ असार २१, शनिबार
संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्छ : सांसद कार्की
२०८२ असार २१, शनिबार
माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत
२०८२ असार २१, शनिबार
रुसको युक्रेनमा भीषण आक्रमण, ५५० ड्रोन र ११ मिसाइल प्रहार
२०८२ असार २१, शनिबार
नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा
२०८२ असार २१, शनिबार
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल
२०८२ असार २१, शनिबार
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर
२०८२ असार २१, शनिबार