काठमाण्डौंः उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्ली गाउँपालिका – ५ रुपमाटारका गौरबहादुर देवकोटा र ताप्ली गाउँपालिका १ ओख्ले घर भएका रितु विकलाई प्रहरीले पक्राउ गरेको विप्लवका उदयपुर जिल्ला इन्चार्ज विजय रामले बताएका छन् ।
विक जिल्ला समिति सदस्य हुन भने देवकोटा हाल विप्लव समुहमा आवद्ध रहेका छैनन् । प्रहरीले के को लागि किन पक्राउ गरेको आफुहरुलाई थाहा नभएको इन्चार्ज विजयले जानकारी दिएका छन् ।
ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले गत शनिवार बम विस्फोट गराएको थियो। घटनामा संलग्नहरुको खोजी जारी राखेको प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालले जानकारी दिएका छन् ।
बम विस्फोटले गाउँपालिकाको कार्यालयको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको थियो । गाउँपालिकाको गेटमा रहेको अर्को बम भने १८ नं। बाहिनी अड्डा भुल्केबाट गएको नेपाली सेनाको टोलीले डिस्पोजल गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया