श्रावण २, २०८२ शुक्रबार July 18, 2025

हिन्दु राष्ट्र तथा राजसंस्था स्थापनाको माग गर्दै रौतहटमा राजाबादीहरुको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिन्दु राष्ट्र तथा राजसंस्था स्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटको गौरमा मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् ।

बिहिवार उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था सहितको प्रजातन्त्र स्थापना हुनुपर्ने लगायतका नारा लगाउँँदै र्‍याली निकालेका थिए । राजनीतिक दलका नेताहरुका कारण मुलुकमा भ्रष्टाचार बढेको र जनताले दुःख मात्रै पाएको उनीहरुको तर्क थियो ।

नेपाल राष्ट्रवादी समूह रौतहटका अध्यक्ष वीरेन्द्रकुमार गिरीका अनुसार राजनीतिक दलका नेताहरुले देश बनाउन कष्ट नगरेको भन्ने तर्क दिदैं राजासहितको प्रजातन्त्रको लागि दवाव कार्यक्रम गरेको बताउँछन् ।

गौरबाट सुरु भएको मोटरसाइकल र्‍याली ४२ किलोमिटर उतर चन्द्रनिगाहपुरसम्म पुगेको थियो ।

बुधबार पनि पोखरामा राजसंंस्था फिर्ता चाहियो भन्दै सयौं युवाहरुले कार, मोटरसाइकल र्‍याली निकालेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार