असार २४, २०८२ मंगलबार July 8, 2025

भरूवा बन्दुक र बारूदसहित चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नुवाकोटको विदुर नगरपालिका-८ पिडालबारी जंगलबाट बन्दुकसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङ, १७ वर्षीय र १५ वर्षीय किशोर रहेका छन्।

उनीहरू सबै जना नुवाकोटको मेघाङ गाउँपालिका-३ गोगनेका हुन्। उनीहरूको साथबाट प्रहरीले दुई नाल भरूवा बन्दुक र बन्दुकमा लाग्ने १०० ग्राम बारूद शुक्रबार दिउँसो बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनीहरूविरूद्ध हातहतियार खरखजना मुद्दा दर्ता गरी अनुसन्धान थाल्ने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार