श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इच्छाकामनामा लाग्ने पञ्चमी मेला स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो ।

श्री इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस वर्ष मेला नलाग्ने जानकारी दिए । भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको उनको भनाइ छ । हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस वर्ष मङ्सिर १९ र २० गते परेका थिए । मङ्सिर २० गते बिहान भने भीडभाड नहुने गरी दर्शन तथा पूजाका लागि मन्दिर खुला गरिने उनले जानकारी दिए ।

रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको छ । गत वर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना माईको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

मोटरबाटो खुलेपछि आजभोलि मनकामना पुग्ने केही तीर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ । इच्छाकामना र मनकामना मन्दिर दुई विपरीत अर्थात् आमुन्नेसामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो ।

यहाँका स्थानीयवासीहरु भने यातायात र प्रचारको अभावका कारण दर्शनार्थीहरुको आवागमनमा वृद्धि हुन नसकेको बताउँछन् । अहिले मोटरबाटो पुगेकाले मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु पनि फाट्टफुट्ट इच्छाकामना मन्दिर जाने गरेका छन् । विगतको तुलनामा केही भक्तजन तथा पर्यटहरुको सङ्ख्यामा वृद्धि भए पनि प्रचारप्रसार र सम्बन्धित निकायको ध्यान नगएको स्थानीयवासीको भनाइ छ ।

अहिले मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । वाग्मती प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर निर्माण कार्य भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताए । मन्दिर जीर्ण भएपछि जगबाटै भत्काएर निर्माण थालिएको हो । उनका अनुसार मन्दिर निर्माणका लागि रु तीन करोड खर्च लाग्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार