श्रावण ३, २०८२ शनिबार July 19, 2025

मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने काँग्रेस पदाधिकारीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ लगायतका विषयमा देशव्यापी प्रदर्शन गर्ने भएको छ।

बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेल पक्राउ परेपछि आक्रोशित बनेको कांग्रेसले यही मंसिर २९ गते देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको हो।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार, कोरोना भाइरस संक्रमणविरुद्ध सरकारको अकर्मण्यता लगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री शशांक कोइरालले जानकारी दिए ।

कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेको लगायतका निस्कर्ष निकालेको छ ।

साथै कांग्रेसले संसद बैठक तुरुन्त बोलाउन पनि माग गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार
“आजको भाग्यफल: प्रेम, पद, पैसा र परिवर्तनका संकेत : कुन राशिका लागि शुभ, कसका लागि चुनौतीपूर्ण ?”
२०८२ श्रावण ३, शनिबार
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार