असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्रीले मंगलबार बोलाए सर्वदलीय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोली मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवाश बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको प्रेस सल्लाहकार थापाले बताए ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक-कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा सर्वदलिय वैठक बोलाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया