काठमाण्डौः रौतहटमा १३ बर्षअघी १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका अर्का प्रतिवादी पक्राउ परेका छन् ।
संविधानसभाको पहिलो निर्वाचनलाई लक्षित गरी रौतहटको साविक राजपुर फदरहवा गाविस वडा नम्बर ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा माेहम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
आलमलाई नेपाल-भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिएका छन्।
पक्राउ परेका आलम पूर्वमन्त्री मोहम्बद अफताव आलमका भाइ हुन् । पूर्वमन्त्री आफताव आलम यसअघि नै पक्राउ परिसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया